'काबाली'को पोष्टर इरफानको 'मदारी'सँग मिलेपछि...
तामिल फिल्मका सुपरस्टार रजनिकान्तको नयाँ चलचित्र 'काबाली' यहि जुलाई १ बाट प्रदर्शनमा आउँदैछ । यसको चर्चा अहिले बलीउडमा राम्रैसँग छ । तामिल चलचित्र एकपछि अर्को सुपरहिट दिएका रजनिकान्तको यो चलचित्र काबालीले पनि अहिले राम्रो व्यापार गर्ने भारतीय मिडियाहरुको दाबी छ । तर अहिले चलचित्र काबाली चर्चामा होइन विवादमा परेको छ । चलचित्र काबालीको पोष्टर बलीउड अभिनेता इरफान खानको फिल्म मदारीसँग मिलेपछि अहिले चलचित्र काबाली विवादमा तानिएको छ । चलचित्र मदानीको पोष्टरमा इरफान दर्जनौ भवनहरुको विचमा देखिएका छन् भने उस्तै शैलीमा रजनिकान्त पनि देखिएका छन् । मदारी यस अघि नै प्रदर्शनमा आइसकेका कारण रजनिकान्तको निर्माणपक्षले पोष्टर चोरी गरेको आरोप लागेको छ । दुवै पोष्टर एकसाथ हेर्दा कुनै पनि फरक र अलग पाइँदैन । यहि विषयमा अहिले सामाजिक सञ्जालमा आलोचना हुन थालेपछि काबाली निर्माणपक्षले भने पोष्टर चोरी नभएको भन्दै मात्र संजोगबस मिल्न गएको दाबी गरेको छ ।








No comments: