[ ]
Latest News Updates

ADVERTISE WITH US

हलीउड चलचित्रमा काम गर्दैमा स्टार हुँदैन् : प्रियंका चोपडा
Tuesday, June 28, 2016 Posted by Unknown

बलीउड चलचित्र राम्रो पाउँदा पाउँदै अभिनेत्री प्रियंका चोपडा हलीउड चलचित्र तर्फ लागिन् । अमेरिकामा टिभी सिरियल 'क्वाटिन'मा उनको अभिनयलाई सबैले रुचाए । अझ भनौ उनको बोल्ड दृश्यले 'क्वाटिन'को चर्चा हलीउड र बलीउडमा खुबै भयो । यतिसम्मकी 'क्वाटिन'को चर्चाकै कारण उनले पहिलो पटक भारतीय अभिनेत्रीको हैसियतमा अस्कार अवार्ड पनि बाडिँन । हलीउड टिभी सिरियल क्वाटिन प्रदर्शन भइरहेको बखत उनले बेवाचमा काम गरिन् । अहिले यो चलचित्र प्रदर्शनको तयारीमा रहेको छ । उनले स्पेनको म्याड्रिडमा भएको आइफा अवार्डको साइडलाइनमा मिडियालाई दिएको जानकारी अनुसार हलीउड चलचित्रमा काम गर्दैमा काही पनि स्टार नहुने बताएकी छिन् । उनले त्यसका लागि आफुले काम गरेको हलीउड चलचित्र प्रदर्शन हुनु पर्ने बताइन । उनले भनिन्, 'कुनै पनि कलाकारले हलीउड चलचित्र साइन गर्दैमा स्टार हुँदैनन् त्यसका लागि चलचित्र रिलिज हुनु पर्छ । मैले काम गरेको पहिलो हलीउड चलचित्र रिलिज हुन त दिनुहोस् अनि थाहा हुन्छ म स्टार कलाकार होकी होइन भनेर ।' उनले आफु चलचित्र 'बेवाच'लाई लिएर उत्साहित रहेको पनि बताइन । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply