[ ]
Latest News Updates

ADVERTISE WITH US

मेरो लागि बिशेष झन् बिशेष हो चलचित्र "तिन घुम्ती" - नायक सुशान्त कार्की
Monday, June 27, 2016 Posted by Chitra Khabar

आगामी प्रदर्सनको क्रमममा रहेको स्वर्गिय साहित्यकार विश्वेश्वर प्रसाद कोइरालाको चर्चित कृती ‘तीन घुम्ती’मा आधारित रहेको फिल्म ‘तीन घुम्ती’अहिले चर्चामा रहेको छ । ‘तीन घुम्ती’ संगै चलचित्रका लागी लिड कलाकार रहेका सुशान्त कार्की पनि चर्चामा रहेका छन । ब्याबसायिक फिल्महरुमा नकै सफल बनेका शुशान्तको यो बिशेष फिल्मले आझ आफुलाई  चर्चित बनाएको उनको भनाई रहेको छ ।
चलचित्र ‘तीन घुम्ती’मा काम गर्न पाउँदा खुशी लागेको कार्कीले बताए । उनि चलचित्र बन्नु चलचित्र क्षेत्रकै लागि गौरवको बिषय हो " र यो बिशेष फिल्मले मलाइ पनि छोएको छ मेरो लागी पनि यो ठुलो उपलब्धि हो " ।
संगै यसै फिल्ममा  झोला’ फिल्ममा अभिनय गरेर निकै चर्चामा आएकी सफल नायिका गरिमा पन्त हुनुहुन्छ र उनि संगको यो चलचित्र यात्रा पनि मेरो लागी बिशेष छ "  ।  बाबुराम ढकालको निर्देशनमा तयार भएको यो चलचित्रमा सामिप्यराज तिमिल्सिनाको पटकथा तथा संवाद, रामेश्वर कार्कीको छायांकन, विपिन मल्लको सम्पादन, बसन्त सापकोटाको संगीत, डाक्टर कृष्णहरि बरालको गीत रहेको छ ।
स्वर्गिय साहित्यकार विश्वेश्वर प्रसाद कोइरालाको चर्चित कृती ‘तीन घुम्ती’को कथामा बनेको यो चलचित्रमा गरिमा पन्तको अलवा धु्रव दत्त, सुशान्त कार्की, भुवन चन्द, मदनदास श्रेष्ठ, लक्ष्मी गिरी, तीर्थ थापाको अभिनय रहेको छ । 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply