[ ]
Latest News Updates

ADVERTISE WITH US

नक्कली बाबुराम भन्दैछन् 'आज त क्या व्यूटी भाकी छौ हो' (भिडियो)
Tuesday, June 28, 2016 Posted by Unknown

सञ्चारकर्मी लक्ष्मण सुवेदीले निर्देशन गरेको चलचित्र 'लालजोडी'को नयाँ गीत सार्वजनिक भएको छ । अधिकांश हास्यकलाकारहरुको प्रमुख भुमिका रहेको चलचित्र लालजोडीको ‘गाजल लाएर हो’ बोलको गीतमा चलचित्रका सबै कलाकारहरु देखिएका छन् । गीतमा दीनेश सुवेदीको शब्द, टंक बुढाथोकीको संगीत, राजेश पायल राइ र मनिषा पोख्रेलको आवाज रहेको छ । भदौ १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्र पुर्णतया कमेडी शैलीमा रहेको छ । चलचित्रमा ज्योती काफ्ले, रजनी केसी, आयुष्मा कार्की, वुद्धी तामाङ, पुरन थापा, किशोर भण्डारी, गोविन्द कोइराला लगायतका कलाकारको अभिनय छ ।

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply