[ ]
Latest News Updates

ADVERTISE WITH US

'प्रेम गीत २' का लागि प्रदिपले २ महिना शरीर मेन्टेन गर्ने
Monday, June 27, 2016 Posted by Unknown

गएको बर्ष प्रदर्शनमा आएको सफल चलचित्र 'प्रेम गीत'मा अभिनय गर्ने प्रदिप खड्काले सबैको मन चोरे । उनको अभिनयको तारिफ नगर्ने कमै भेटिए । उनको क्यूटनेसले अझ प्रदिपको अभिनयलाई सुन्दर बनाइदिएको थियो । प्रेम गीत हेर्नेहरु अझै पनि प्रदिपको नै तारिफ गर्ने गर्छन । तर अहिले प्रदिप कहाँ छन् कमै मात्रलाई थाहा होला । केहि दिन अगाडीसम्म चलचित्र प्रेम गीतको प्रदर्शनका लागि विदेशका विभिन्न ठाउँहरुमा रहेका उनी अहिले भने नेपालमा नै छन् । उनी अहिले अरु कुनै पनि चलचित्रमा काम गर्ने मनसायमा छैनन् तर प्रेम गीत २ मा भने उनी प्रमुख भुमिकामा देखिँदैछन् । चाँडै निर्माण घोषणा गरिन लागिएको चलचित्र प्रेम गीत २ मा प्रदिप खड्का प्रमुख भुमिकामा देखिने पक्का भइसकेको छ । सन्तोष सेनले निर्माण गर्ने चलचित्रका लागि अहिले निर्देशक र नायिकाको खोजी भइरहेको छ । चलचित्र प्रेम गीत हेरेपछि आफूप्रति दर्शकहरुको विश्वास बढेको बताउँदै प्रदिपले चलचित्र प्रेम गीत २ बाट फेरी दर्शकहरुले आफुलाई रुचाउने बताउँछन् । केहि दिन अगाडी चलचित्र दर्पण छायाँ २ का लागि प्रदिपले ५ लिने खबरले नेपाली मिडिया निकै तातेको थियो तर दर्पण छायाँ २ को लागि आफुसँग कुनै पनि त्यस्तो प्रस्ताव नआएको प्रदिपले बताए । अब उनी चलचित्र प्रेम गीत २ का लागि २ महिना शरीर मेन्टेनमा ध्यान दिनेछन् । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply