करिश्मालाई सुनिल थापाको छड्के प्रहार, भने -'कुरा चिप्लियो भने डर लाग्छ'
केहि दिन अगाडी नयाँ शक्ति पार्टीको घोषणा सभालाई अभिनेत्री करिश्मा मानन्धरले सञ्चालन गरेकी थिइन, जसको आलोचना अहिलेसम्म पनि उतिक्कै छ । उनले कार्यक्रम सञ्चालन गर्दाको दौडानमा धेरै शब्दहरु स्पष्ट नबोलेपछि उनको आलोचना अहिले पनि सामाजिक सञ्जाल देखी चियापसलसम्म चलिरहेको छ । सामाजिक सञ्जालमा करिश्माले देशकै बेइज्जत गरिन भन्ने सम्मको टिकाटिप्पणी भइरहेको बेला विहिबार चर्चित कलाकार सुनिल थापाले करिश्मालाई नै छड्के प्रहार गर्दै आफुलाई सामाजिक सञ्जालदेखी खुबै डर लाग्ने बताए । एभरेष्ट फिल्म एकेडेमीको समुद्घाटन कार्यक्रममा बोल्दै उनले भने -'मलाई अहिले सामाजिक सञ्जाल देखी खुबै डर लाग्छ । सार्वजनिक कार्यक्रममा बोल्दा बोल्दै केहि कुरा चिप्लियो भने भोलीबाट सामाजिक सञ्जालमा मजाकको पात्र भइन्छ त्यसैले पनि बोल्दा अचेल सचेत हुन थालेको छु ।' एकेडेमीको अध्यक्ष समेत रहेका सुनिलले मन्तव्य विर्सजन गर्दै गर्दा आफ्नो कुरा कतै नचिप्लिएको भन्दै मख्ख पनि परेँ । उनले यसो भनिरहँदा कतै उनको छड्के प्रहार करिश्मा तर्फ त थिएन भन्ने अनुमान पनि लगाउन सकिन्छ । तर उनले आफ्नो मन्तव्य व्यक्त गरिरहँदा कतै पनि करिश्माको नाम भने उचारण गरेका थिएन ।








No comments: