[ ]
Latest News Updates

ADVERTISE WITH US

मिस कल गर्ने बाचासँगै सकियो 'पर्शुराम'को छायाँकन
Friday, June 17, 2016 Posted by Unknown

चलचित्र 'जय पर्शुराम'को छायाँकन सकिएको केहि दिन नवित्दै एक त्यस्तै नाम गरेको चलचित्र 'पर्शुराम'को छायाँकन पनि शुक्रबारबाट सकिएको छ । एनआर घिमिरेको निर्देशन रहेको चलचित्र पर्शुरामको छायांकन सकिएको छ । शुक्रबार चितवनको सौराहामा चलचित्रको गीतको छायांकन सकिए सँगै चलचित्रको सम्पूर्ण सुटिंग सकिएको हो । चलचित्रमा समाबेश एउटा गीतको लुम्बिनी ,बुटवल ,पाल्पा ,पोखरा हुँदै चितवनमा छायाँकन गरिएको निर्देशक घिमिरेले जानकारी दिए । टंक बुढाथोकिको संगीत तथा टंक र निता  थापाको स्वर रहेको 'छिसिक्क मिस कल' बोलको गीतमा नायक किशोर खतिवडा र नायिका जाहान्वी बस्नेतलाई नूत्य निर्देशक बब्बु थापाले नचाएका छन् । चलचित्र पर्शुराममा  किशोर र जाहान्वीको अलावा घनाश्याम गिरि ,सुशील पोखरेल ,नबराज रावत लगायतको मुख्य भूमिका रहेको छ । चलचित्रमा पहिलो पटक ५० भन्दा बढी घोडाहरुको प्रयोग गरिएको छ।चलचित्रमा रोशन श्रेष्ठको एक्शन रहेको छ । ब्ल्याक चिल्ली इन्टरटेनमेन्टको व्यानमार निर्माण भएको चलचित्र पर्शुरामको छायांकनका दाङ आसपासको क्षेत्रमा गरिएको छ । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply