पियानो बजाउँदै गरेकी निशाको यो तस्बिर भयो भाइरल, कतै प्रभावित त छैन 'प्रेमगीत'बाट ?
हालै अभिनेत्री निशा अधिकारीले सुनसान जंगलको बिचमा परि जस्तै देखिएर एक पियानो बजाउँदै गरेको तस्बिर राम्रैसँग भाइरल भएको छ । नहोस् पनि कसरी, निशाले जसरी जंगलको बिचमा पियानो बजाइरहेको छिन् त्यो गएको बर्ष प्रदर्शनमा आएको चलचित्र 'प्रेमगीत'बाट प्रभावित छ भन्दा फरक पर्दैन । चलचित्र 'प्रेमगीत'को 'म यस्तो गीत गाउँछु' बोलको गीतमा नायिका पुजा शर्मा यहि शैलीमा प्रस्तुत भएकी थिइन, जुन दृश्यलाई दर्शकहरुले निकै रुचाएका थिए । नायिका निशा अधिकारी चलचित्र जय पर्शुरामको एक गीतमा यसरी देखिएकी हुन्, जसले प्रेमगीतमा पुजा शर्माले पियानो बजाउँदै गरेको आभाष हुन्छ । निशा अधिकारीले 'जय पर्शुराम'को गीत चाँडै सार्वजनिक हुँदैछ भनेर फेसबुकमा यो फोटो अपलोड गरेपछि अहिले यसै तस्बिरको मात्र चर्चा छ ।
पुजा शर्माको शैली अपनाउँदै निशा पनि सोहि अनुसार देखिनु चाहिँ गलत पक्कै हो तर यो कुरा चलचित्र 'जय पर्शुराम'को गीत बाहिर आएपछि मात्र थाहा हुन्छ । 'प्रेमगीत'को 'म यस्तो गीत गाउँछु' बोलको गीतमा नायिका पुजा शर्मालाई कोरियोग्राफर रेनशा राइले पियानो बजाउँदै परिको रुपमा प्रस्तुत गरेकी थिइन भने जय पर्शुराममा रामजी लामिछानेले निशा अधिकारीलाई यस्तो अवतारमा प्रस्तुत गरेका छन् । तस्बिरमा मात्र यस्तो देखिएको होकी 'जय पर्शुराम'को गीतमा पनि रेनशाबाटै प्रभावित भएर रामजी लामिछानेले तयार गरेका छन् त्यसका लागि भने केहि दिन कुर्नु पर्ला । यो चलचित्रलाई रोज राणाले निर्देशन गरेका हुन् । चलचित्र साउन २८ गतेबाट प्रदर्शनमा आउँदैछ । ५ बर्षपछि यहि चलचित्रबाट विराज भट्टले चलचित्रक्षेत्रमा कमब्याक समेत गरेका छन् ।








No comments: