[ ]
Latest News Updates

ADVERTISE WITH US

मल्टिप्लेक्समा सलमानको 'सुल्तान'ले गर्दा पाएनन् नेपाली चलचित्रले हल
Wednesday, June 29, 2016 Posted by Unknown

बलीउड र हलीउड चलचित्रको दबदबा नेपालमा राम्रै छ भन्दा फरक नपर्ला । राम्रा भनिएका बलीउड र हलीउड चलचित्र प्रदर्शनमा आउँदा सधै जसो नेपाली चलचित्रहरु हेपिएका छन् । केहि हप्ता अगाडी मात्र हेर्ने हो भने गोपिकृष्णले लिएको बलीउड चलचित्र हाउसफुल ३ लाई गोपिकृष्ण मुभिजले विशेष प्राथमिकता दियो तर नेपाली दर्शकहरुले अनमोल केसीको चलचित्र हेर्न चाहेका थिए तर गोपिकृष्णले अनमोलको गाजलु चलचित्र चलाएन् । हाउसफुल ३ लाई ठुला हल र अनमोलको फिल्मलाई सानो हल दिँदा निर्माता र हल म्यानेजर बिच भनाभन हुँदा गोपिकृष्ण मुभिजले गाजलु नै चलाएन् । यस्ता धेरै उदारहणहरु छन् जसले नेपाली चलचित्रहरु नेपालमै हेपिएको देख्न सकिन्छ । फेरी एकपटक नेपाली बजारमा बलीउड चलचित्र सुल्तानको चर्चा चुलिँदैछ । जुलाई ६ ताखिरमा रिलिज हुन लागेको सुपरस्टार सलमान खान अभिनित चलचित्र सुल्तानले गर्दा नेपाली चलचित्रहरुले नेपालमै सिंगल र मल्टिप्लेक्समा हलहरु नै पाएका छैनन् । सुल्तान भन्दा एक हप्ता अगाडी प्रदर्शनमा आउन लागेको चलचित्र तीन घुम्तीले अहिले मल्टिप्लेक्समा हल नपाएको स्रोतले बताएको छ । तीन घुम्तीले मात्र होइन सुल्तानभन्दा एक हप्ता अगाडी र एक हप्ता पछाडी रिलिज हुन लागेका नेपाली चलचित्रहरुले सम्म हल पाउन सक्ने अबस्था छैन । नेपालमा पनि सलमान खानको फ्यानहरु उल्लेख्य संख्यामा भएका कारण अहिले नेपाली हलहरुमा समेत नेपाली चलचित्रले स्थान पाएका छैनन् । सलमान खानको चलचित्र सुल्तानको रिलिजको अवसर पारेर केही नेपाली चलचित्रहरुले आफ्नो टिजर र ट्रेलरहरु पनि सार्वजनिक गर्दैछन् र अधिकांश मल्टिप्लेक्स हलहरुमा चलचित्रको टिजर र ट्रेलर बजाउँदैछन् । यसले गर्दा सुल्तान हेर्न जाने दर्शकहरुले नेपाली चलचित्रको रिलिज मिति थाहा पाउनेछन् । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply