[ ]
Latest News Updates

ADVERTISE WITH US

२७ जना चलचित्रकर्मीलाई फेरी बाड्यो विकास बोर्डले परिचय पत्र
Thursday, June 30, 2016 Posted by Unknown

केहि दिन अगाडी चलचित्र विकास बोर्डले १३ जना चलचित्रकर्मीलाई राष्ट्रिय परिचय पत्र प्रदान गरेको थियो । त्यहि क्रममा बिहिबार चलचित्र विकास बोर्डले फेरी थप २७ जनालाई चलचित्रकर्मी रािष्ट्रय परिचय पत्र हस्तान्तरण गरेको छ । बोर्डको १६ औं बार्षिकोत्सवको अवसरमा २७ जना चलचित्रकर्मीहरुलाई राष्ट्रिय परिचय पत्र हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा मदनकृष्ण श्रेष्ठ, हरिवंश, राजेश हमाल, बसन्त श्रेष्ठ, शम्भुजित बास्कोटा, मिथिला शर्मा बोहोरा, हरिहर शर्मा, रविन्द्र खड्का, प्रदिपकुमार उपाध्याय, शिव श्रेष्ठ, रामचन्द्र अधिकारी, सुभाषप्रसाद गजुरेल, लय प्रसाद संग्रौला, टिका पहारी, मोहन निरौला, कृष्ण मल्ल, शर्मिला मल्ल, मदनदास श्रेष्ठ, राजेन्द्र खड्की, अशोक शर्मा, करिश्मा मानन्धर, रमेश बुढाथोकी, हरिबहादुर लामा, युवराज लामा, रुपा राना, गणेश उप्रेती, लक्ष्मी गिरी र छविराज ओझा प्रदान गरिएको थियो । कलाकारहरुलाई सूचना तथा सञ्चार मन्त्री शेरधन राईले परिचय पत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा चलचित्र विकास बोर्डको निती तथा नियमहरुसँगै आर्थिक विवरणहरु प्रस्तुत गरिएको थियो । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply