‘सिस्नुपानी राष्ट्रिय सतर्कता हास्यव्यङ्ग्य यात्रा’ गर्ने
सिस्नुपानी नेपालले महेन्द्रनगर, सुर्खेत, दमौली लगायतका शहरमा ‘सिस्नुपानी राष्ट्रिय सतर्कता हास्यव्यङ्ग्य यात्रा’ गर्ने भएको छ । सिस्नुपानी नेपालले कहिले अरुसँग मिलेर त कहिले एक्लै पनि समाजमा ब्याप्त भ्रष्टाचार बिरुद्ध विभिन्न चेतनामूलक कार्यक्रम गर्दै आएको छ । राष्ट्रिय सतर्कता केन्द्रसँगको सहकार्यमा २०६९ बैशाखमा पहिलो चरणमा कार्यक्रम गरेको सिस्नुपानी नेपालले २०७० वैशाखमा दोश्रो र २०७१ फागुन मा तेश्रो चरणको कार्यक्रम सम्पन्न गरिसकेको छ । चौथो चरणको ‘सिस्नुपानी राष्ट्रिय सतर्कता हास्यव्यङ्ग्य यात्रा’ असार ६ गतेदेखि सुदूर पश्चिमी सहर महेन्द्रनगरबाट सुरु हुने भएको छ । सुर्खेत, प्यूठान पाल्पा हुँदै तनहुँको दमौली पुगेर कार्यक्रम समापन हुने भएको छ ।








No comments: