[ ]
Latest News Updates

ADVERTISE WITH US

चलचित्र 'जात्रा' बन्ने
Wednesday, June 15, 2016 Posted by Unknown

नेपाली चलचित्र 'जात्रा' बन्ने भएको छ । षट्कोण आर्टस् प्रा.ली. को व्यानरमा निर्माण हुन लागेको चलचित्र 'जात्रा'को छायाँकन असार ५ गतेदेखी सुरु हुन लागेको निर्माणपक्षले विज्ञप्ती निकाल्दै जानकारी दिएको छ । यो चलचित्रमा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, प्रवीण खतिवडा, भोलाराज सापकोटा, सुस्मिता कार्की लगायतका कलाकारहरुको मुख्य भुमिका रहनेछ । इन्द्रचोक, असन लगायतका क्षेत्रमा छायाँकन हुने बताइएको यो चलचित्रमा प्रदिप भट्टराईको लेखन र निर्देशन रहने छ भने रविन्द्र सिंह बानियाँ कार्यकारी निर्माता छन् । चलचित्रको निर्मातामा भने सिङ्गे लामा र यादव पौडेल पनि रहेका छन् । असन गल्लीका तीन पसलेको कथा समेट्दै निर्माण हुन लागेको चलचित्र जात्रालाई आउँदो कात्र्तिक १९ गते प्रदर्शन गरिने बताइएको छ । चलचित्रमा दिर्घ गुरुङ्गको छायाँकन, मित्र डि. गुरुङ्गको सम्पादन, सफल केसीको मुख्य सहायक निर्देशन र शंकर महर्जनको द्धन्द्ध रहने छ ।  

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply