'बर्थ डे' केकमा सौगातको फोटो राख्दै सोनीले मनाइन जन्मदिन, सौगात भन्छन्, 'सोनी मात्र फ्यान'
सोनी केसीलाई अभिनेता सौगात मल्ल आफ्नो साथी रहेको बताउँछन् तर सोनी केसीले फेसबुकमा पोष्ट गर्ने स्टाटस र फोटो हेर्दा लाग्छ उनीहरु अहिले रिलेशनसिपमा छन् । सोनीले कहिँले फेसबुकमा सौगातसँगको फोटो हाल्दै प्रेमील स्टाटस पोष्ट गर्छिन भने कहिँले सौगातको फेसबुकमा स्टाटस ट्याग गर्दै प्रेमील कुराहरु पोष्ट गरिरहेकी हुन्छिन् । यहि बिचमा सोनी र सौगातको सम्बन्धले फेरी बजारमा चर्चा पाएको छ । सोनीले यस्ता विभिन्न हर्कतहरु देखाएपनि सौगात भने सोनी आफ्नो क्रेजी फ्यान भएको बताउँछन् । तर २ दिन अगाडी सोनीले आफ्नो जन्मदिन मनाउने क्रममा बर्थडे केकमा भने उनले सौगात र आफ्नो फोटो राखेकी थिइन । बर्थ डे केकमा सौगात र सोनीले आफ्नो फोटो राखेको देख्दा उनीहरु बिच केहि त चलिरहेको छ भन्ने सजिलै अनुमान लगाउन सकिन्छ । हालसम्म सोनी केसी र सौगातले भने प्रेम सम्बन्धको स्विकार गरिसकेका छैनन् । तर सोनीका विभिन्न स्टाटस हेर्ने हो भने सौगात सोनीको प्रेमसम्बन्धमा रहेको बुझ्न सकिन्छ ।








No comments: