तेस्रो पटक नेपालमा सन्नी, भन्छन्, 'खुसी छु नेपाल आउन पाउँदा'
बलीउड अभिनेत्री सन्नी लियोनी तेस्रो पटक नेपाल आएकी छिन् । उनी यस अघि दुई पटकसम्म नेपाल आइसकेकी छिन् । नेपालको सुन्दरताले लोभ्याएर बारम्बार नेपाल आउन मन लाग्ने बताउँदै आएकी सन्नीले सोमबार नेपाल आउनु अघि नै ट्विटर मार्फत जानकारी दिएकी थिइन । उनले प्लेनमा चढेपछि आफु तेस्रो पटक नेपाल आउन पाउँदा निकै खुसी महशुस गरिरहेको लेखेकी छिन् । सन्नी जिंक भोड्काको व्रान्ड एम्ब्यासडर हुन् । खबरका अनुसार उनी यहि कम्पनीले आयोजना गर्न लागेको एक कार्यक्रमका लागि नेपाल आउन लागेको बताइएको छ । तर यस विषयमा हालसम्म कुनै पनि जानकारी भने आयोजक संस्थाले दिएको छैन ।








No comments: