सलमान र लुलिया लुसुक्क लागेपछि...
सलमान खान र लुलिया वन्तुरको प्रेम सम्बन्धले बेला बखतमा बलीउड राम्रैसँग गर्माइरहेको हुन्छ । तर यि दुईले अहिलेसम्म मित्रताको नाम दिदै आएपनि धेरैले भने सलमान लुलियासँगको प्रेम सम्बन्धको दाबी गर्छन । केही समयअघि त यी दुईबीच बिहे हुने हल्ला नै फैलिएको थियो। पछि लुलियाले खण्डन गरिन्। यतिसम्म कि यो जोडी दुई विदेश जाँदासमेत छुट्टिएको छैन। रोमानिया स्थायी घर भएकी लुलिया हाल भारत बस्छिन्। सुटिङका लागि सलमान बुडापेस्ट जाँदा लुलिया पनि सुटुक्क गएको बताइन्छ। केहि दिन अगाडी विदेश जान लागेकी अनुष्का शर्मालाई विराट कोहली एयरपोर्टसम्म छोड्न पुगेका थिए। ब्रेकअप हल्लाकाबीच कोहली अनुष्कालाई कारमा राखेर एयरपोर्ट पुगेपछि मिडियाहरुका क्यामेराहरुले उनीहरुलाई पन्छाइरह्यो । यसै मौकामा सलमान–लुलिया जोडी क्यामरालाई छलेर लुसुक्क एयरपोर्ट गएको बताइएको छ ।








No comments: