नेपालमा बन्यो अनुष्का शर्माको 'डि कम्पनि'
अनौठो होइन नेपाली चलचित्रक्षेत्रमा अनौठा-अनौठाका नामबाट चलचित्र तयार हुनु । आजकाल दर्शकहरुले मुखमा सजिलै झुण्डिने खाल्का चलचित्रका नामहरु बन्नै छोडिसकेका छन् । त्यसैले त धेरै निर्माताहरुले एउटै चलचित्रलाई सिक्वेलको रुपमा समेत तयार गरिरहेका छन् । त्यहि क्रममा 'डि कम्पनि' नामक एक चलचित्रले आफ्नो प्रदर्शन मिति तय गरेको छ । यो चलचित्रको नाम पहिलो पटक सुनिएको हो र चलचित्रको नाम निकै अनौठो खाल्को पनि छ । चलचित्रको नाम हेर्दा यो कुनै कम्पनीको नाम रहेको बुझ्न सकिन्छ । मोफसलको टिम बुटवलका फिल्मकर्मीहरुले निर्माण गरेको फिल्म 'डि कम्पनि' असार २४ बाट प्रदर्शनमा आउने भएको छ । सामाजिक कथा उठान गरेको फिल्मलाई कृष्ण श्रेष्ठले निर्माण गरेका हुन् भने निर्देशन मनोज श्रेष्ठको छ । यो फिल्ममा अनुष्का शर्मा, महेन्द्र यादव र प्रकाश गौतम लिड रोलमा छन् ।








No comments: