[ ]
Latest News Updates

ADVERTISE WITH US

५२ बर्षका भए राजेश हमाल, यस्ता छन् उनको जीवनका सुख-दुखका यात्राहरु
Wednesday, June 8, 2016 Posted by Unknown

नेपाली चलचित्रका महानायक राजेश हमाल आजबाट ५२ बर्षमा प्रवेश गरेका छन् । ९, जुन, १९६४ पाल्पा,तानसेनमा जन्मिएका हमालको पहिलो र सफल चलचित्र युगदेखि युगसम्म हो। उनलाई नेपाली चलचित्र उद्योगलाई व्यवसायिकतामा ल्याउन प्रमुख भूमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ। राजेश हमालले नेपाली चलचित्रमा २ दशक भन्दा बढी अभिनय गरिसकेका छन्। राजेशको प्रेम जीवन पनि रोमान्चित खालको रहेको छ । उनी एक सम्पन्न नेपाली परिवारमा जन्मिएका हुन्। उनका पिता केही समयसम्म राजदूत थिए। राजेश हमालले आफ्नो विद्यालय स्तरिय शिक्षा मस्कोबाट र उच्च शिक्षा (एम् ए इङ्गलिस) भारतको पञ्जाब विश्वविद्यालयबाट पुरा गरेका हुन्। 
नेपालमा कक्षा ८ सम्म सेन्ट जेभियर स्कूलमा उनले अध्ययन गरेका थिए । सर्वप्रथम १९८५मा भारतको फेशन नेट मेगेजिनमा र १९८६मा नेपालको काठमाडौंमा र्‍यापमा हिँडेर ग्ल्यामरमा प्रवेश शुरु गरेका थिए। एक वर्षमा औसतमा १०-१२ वटा सम्म चलचित्रमा उनले अभिनय गर्ने गरेका छन् भने १९९४मा उनले १६ वटा चलचित्र सम्म गरेका थिए। १७० भन्दा बढि नेपाली र १ पाकिस्तानी चलचित्रमा उनले अभिनय गरेका छन्। आफूले गरेका चलचित्र मध्ये देवता र वसन्ती उनलाई सबैभन्दा मनपर्ने चलचित्रहरू हुन्। उनी नेपाली चलचित्रका महानायक मानिन्छन्। राजेश को प्रेम जीवन पनि रोमान्चित खालको रहेको छ । धेरै जनासँग उनको नाम जोडिए पनि हालै (सन् २०१४) मात्र उनी विवाह बन्धनमा बाँधिएका छन् । राजेश हमाल लाई आफ्नो पति भनेर चितवन कि एक महिलले चरित्र हत्या गर्न खोजे पनि त्यो गलत सावित भएको थियो ।

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply