[ ]
Latest News Updates

ADVERTISE WITH US

यस कारण छ सलमानको टाउकोमा कालो टोपी !
Friday, June 24, 2016 Posted by Unknown

यस बर्षको इदमा प्रदर्शन हुन लागेको बलीउड चलचित्र 'सुल्तान'को प्रमोशनमा व्यस्त सलमानले केहि दिन अगाडी मात्रै दुबई पुगेर हेयर ट्रान्सप्लान्ट गरेका थिए । हेयर ट्रान्सप्लान्ट गरेपछि अहिले उनको टाउकोमा इन्फेक्सन देखा परेको छ । केहि दिन अगाडी  कांग्रेस नेता बाबा सिद्दिकीको पार्टीमा पुगेका सलमानको कान नजिकै रगत देखिएको थियो । भारतीय मिडियाका अनुसार सलमानले हेयर ट्रान्सप्लान्ट गरेपछि उनको टाउकोमा इन्फेक्सन देखा परेको थियो, जुन सलमानको कान नजिकै रगत देखिएकोले स्पष्ट पर्दछ । अहिले उनी आफ्नो हेयर ट्रान्सप्लान्ट र इन्फेक्सन लुकाउन कालो रंगको टोपी लगाएर हिँडिरहेका छन् । आइफा अवार्डका लागि विदेश जाने क्रममा मुम्बई एयरपोर्टमा पनि सलमानले टोपी लगाएका थिए । त्यस्तै स्टारप्लसबाट प्रशारण हुने विभिन्न टिभी सिरियलमा चलचित्र सुल्तानको प्रचार गर्दा उनले टाउकोमा कालो टोपी नै लगाएको देख्न सकिन्छ । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply