अनमोलको लागि हुँदैछ नायिकाको खोजी, योग्य भए दिनुहोस् अडिसन !
होस्टेल, जेरी, ड्रिम्स र गाजलु चलचित्रका सुपरस्टार अनमोल केसीको नयाँ चलचित्र कृ का लागि अहिले नायिकाको खोजी हुँदैछ । २० लाख पारिश्रमिक लिँदै काम गर्न लागि अनमोललाई सुहाउँदो जोडी खोज्नका लागि अहिले सुवास इन्टरटेन्मेन्ट र सुपर काजोल फिल्मसले नायिकाको लागि अडिसन खुल्ला गरेको छ । सुवास इन्टरटेन्मेन्टका प्रमुख सुवास गिरीका अनुसार उमेर १८ देखि २२ वर्ष भएका र पाँच फिट पाँच इन्च उचाइ भएका यूवतीहरुले अडिसनमा भाग लिन पाउनेछन् । २५ जुन देखी २५ अगष्टसम्ममा योग्य यूवतीहरुले चलचित्रका लागि अडिसन दिन सक्ने सुपर काजोल फिल्मसका प्रमुख भुवन केसीले जानकारी दिए । आफुलाई चलचित्रको लागि योग्य ठान्ने यूवतीहरुले (subasmovies@gmail.com) मा सम्पुर्ण वायोडाटा पठाउन निर्माणपक्षले आग्रह गरेको छ । अनमोलको हिरोइन बन्नका लागि निर्माण पक्षले अडिसन खुल्ला गरेपनि चलचित्र कृ मा हिरोइन बन्न भने सोचे जस्तो सजिलो पक्कै हुने छैनन् । अनमोलसँग काम गर्ने जेरीकी हिरोइन आना शर्मा, ड्रिम्सकी हिरोइन साम्राज्ञी राज्य लक्ष्मी शाह र गाजलुकी हिरोइन सृष्टि श्रेष्ठको पारिश्रमिक मात्र होइन विभिन्न चलचित्रहरुबाट राम्रै अफरहरु पनि पाइरहेका छन् । पहिलो कुरा त अनमोलसँग चलचित्रमा काम गर्ने यूवतीको करियर भविष्यमा राम्रो देखिन्छ भने एकपछि अर्को गर्दे चलचित्रहरुको अफर पनि राम्रैसँग आइरहन्छन् । अनमोल केसीको क्रेजका कारणले गर्दा पनि भविष्यमा उक्त यूवतीको करियर सुनौलो भने पक्कै देखिन्छ तर उक्त यूवती अब को हुनेछिन् त्यो भने अगष्ट २५ पछि नै थाहा हुनेछ ।








No comments: