आजबाट 'लुकामारी' र 'रिलेशन'को लडाई हल-हलमा
आजबाट देशव्यापी प्रदर्शनमा दुई चलचित्र एकसाथ मैदानमा उत्रिएका छन् । चलचित्र लुकामारी र रिलेशन आजबाट देशव्यापी प्रदर्शनमा आएका चलचित्र हुन् । दर्शकहरुको प्रतिक्षित मानिएको चलचित्र लुकामारी कमेडी बेसको चलचित्र हो भने रिलेशनले तेक्वान्दो खेलसँग सम्बन्धित कथा बोलेको छ । चलचित्र भित्रका मुख्य पात्रहरुको लुकामारीलाई कलात्मक एवं मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको यसको निर्माणपक्षले जानकारी दिएको छ । काठमाण्डौ र काभ्रेमा छायांकन गरिएको यो चलचित्रलाई सुरजमान सिंह भण्डारीले निर्माण गरेका हुन् ।चलचित्रमा सौगात मल्ल, कर्मा, विक्रम सिंह थारु, जे.वी.डीसी, रीस्ता बस्नेत, सुरविना कार्की, कृष्णभक्त महर्जन, प्रवण भुषाल र कुशल विष्टको मुख्य भूमिका छ । चलचित्रलाई श्रीराम दाहालले निर्देशन गरेका हुन् । त्यस्तै चलचित्र लुकामारीसँग एकसाथ प्रदर्शनमा आएको चलचित्र रिलेशनमा तेक्वान्दोका दिवाकर डान महर्जनबाहेक ईश्वरमान वज्राचार्य, मनिता शाही, अष्ट महर्जन, रामचन्द्र ब्यञ्जनकार, क्रिष्टिना, मास्टर सीता राई, डा.टर्ड, नेपालमा तेक्वान्दो भित्राउने जे के सिंनको ‘स्कुलिङ’सँगै उपेन्द्र तिमल्सिना, गीता अधिकारी, महिमा सिलवाल, सुशील पोखरेल लगायतका कलाकारहरुको पनि मुख्य भुमिका रहेको छ ।








No comments: