[ ]
Latest News Updates

ADVERTISE WITH US

सलमानलाई भारतिय महिला आयोगले भन्यो -'माफी माग'
Tuesday, June 21, 2016 Posted by Unknown

बलीउडका सुपरस्टार सलमान खानलाई चर्चा विवादले सायदै कम छोड्ने गर्छ । कहिँले यूवतीसँगको प्रेम सम्बन्धका कारण चर्चामा होस् वा विभिन्न आलोचित कुराहरुबाट विवादमै किन नहोस् सलमान सधै यस्ता कुरामा अगाडी नै हुन्छन् । त्यहि क्रममा सलमान अहिले आफु अभिनित चलचित्र सुल्तानको प्रमोशनमा व्यस्त छन् । चलचित्रकै प्रमोशनको दौडानमा सलमानले बलात्कृत महिलाजस्तो अनुभव गरेको भन्ने बयान दिएपछि अहिले निकै विवादित बनेका छन् । भारतिय महिला आयोगले ७ दिन भित्र सो भनाइका लागी माफी माग्न भनेको छ। भारतीय महिला आयोगकी प्रमूख ललिथा कुमारामङ्गलमले मंगलबार एक भारतीय टेलिभिजनमा ुआफ्ना थुप्रै महिला प्रशंसकलाई ध्यानमा राख्दै त्यस्तो बयान दिन हुँदैन्थ्यो। सलमानले माफी माग्नुपर्छु भनेकी छन्। त्यस्तै आयोगी सदस्य रञ्जना कुमारीले पनि मिडियासँगको कुराकानीमा उक्त बयानका लागि सलमानले माफी माग्नुपर्ने बताएकी छिन्। सलमानले आफ्नो चलचित्र सुल्तानको क्रममा कुस्तिवाज बन्दाको अनुभव सुनाउँदै गर्दा आफूलाई एउटी बलात्कृत महिला जस्तो भएको अनुभव साटेका थिए । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply