[ ]
Latest News Updates

ADVERTISE WITH US

पृथ्वीराजको दिलमा शिल्पा फिट, आयो 'किस्मत २' को अर्को गीत (भिडियो)
Tuesday, June 21, 2016 Posted by Unknown

असोज २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र 'किस्मत २' को नयाँ गीत सार्वजनिक भएको छ । 'पिक्चर हिट' बोलको सार्वजनिक गीतमा शिल्पा पोखरेल र पृथ्वीराज प्रसाइ देखिएका छन् । डान्सिङ विटमा रहेको सार्वजनिक गीतमा दिपक शर्माको संगित रहेको छ भने साहिमा श्रेष्ठ र कृष्ण काफ्लेको आवाज रहेको छ । गीतमा कबिराज गहतराजको कोरियोग्राफी रहेको छ । मंगलबार राजधानीमा एक कार्यक्रमका बिच चलचित्र किस्मत २ यूनिटले चलचित्रको अडियो एल्बम पनि विमोचन गरेको छ । ऋषि लामिछानेले निर्देशन गरेको चलचित्र किस्मत २ लाई छबिराज ओझाले निर्माण गरेका हुन् । चलचित्रमा शिल्पा र पृथ्वीराजका अलवा किशोर खतिवडाको पनि मुख्य भुमिका रहेको छ । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply