म सलमान खानको प्रशंसक : आमिर खान
बलीउडमा एक अर्का कडा प्रतिस्पद्र्यी मानिने सलमान खान र आमिर खानको द्धन्द्धको विषयमा बेला बखत राम्रै खबरहरु बाहिर आइरहेका हुन्छन् । कहिँले सलमानदेखी आमिर रिसाएको र कहिँले आमिरदेखी सलमान रिसाएको गसिपहरु बजारमा चलिरहेको बखत आमिर खानले आफु सलमान खानको असली प्रशंसक रहेको बताएका छन् । मुम्बईमा आयोजित एक कार्यक्रममा आमिर खानले आफू सलमान खानको प्रसंसक रहेको भन्दै बलिउडको असली बडिबिल्डर सलमान नै भएको भन्दै तारिफ पनि गर्न भ्याए । ‘अन्दाज अपना अपनामा सलमान मेरा सहकलाकार थिए, सोही फिल्ममा काम गर्दा म उनको प्रशंसक भएको थिँए ।’ आमिरले पत्रकारहरुसँग भने ।








No comments: