‘लाले’ यो मौलिक नेपाली चलचित्र हो" निर्देशक ऋषि न्यौपाने
नेपाली कथानक चलचित्र "लाले" प्रदर्शनको लागि तयार भएको छ । निर्देशक ऋषि न्यौपाने निर्देशित यस फिल्ममा समग्र नेपाली कथा भेट्ने बताउदै निर्देशक ऋषि न्यौपाने हामि संग भने " यो मौलिक नेपाली चलचित्र हो , नेपाली कथा लाई समेटेर बनाएको मेरो यस फिल्मले दर्शकहरुको मन जित्नेमा म बिस्वस्त रहेको छु । " 

यहि असार १७ गतेबाट देशभर प्रदर्शनमा आउने नेपाली चलचित्र ‘लाले’ मा केदार ढुंगाना, दिनेश केसी, दीपेशराज पाण्डे, उषा खनाल, सिमा लामिछाने, सुरविर पण्डित लगायतका कलाकारहरुको अभिनय हेर्न पाईने छ ।
फरक-फरक पेशा गर्ने ४ दाजुभाइ र उनीहरुमा आउने खटपटीको र उतारचढाव लाई देखाउन खोजेकोले फिल्म लाई दर्शकले मन पराउनेमा म र मेरो टिम बिस्वस्त छ " नायक तथा निर्माता केदार ढुंगानाले हामी संग भने ।
टिपिकल नेपाली लबजलाई कथामा उतारिएको भनिएको यो चलचित्रमा ट्रयांगल लभस्टोरी देखाईएको छ ।
हेर्नुहोश ट्रेलर







No comments: