[ ]
Latest News Updates

ADVERTISE WITH US

फेरी भित्राउँदै छन् सलमानले नयाँ हिरोइन
Thursday, June 2, 2016 Posted by Unknown

५० बर्षिय अविवाहित सलमान खान बलीउडमा नयाँ नयाँ अभिनेत्री भित्राउन माहिर मानिन्छन् । बलीउडमा तपाईले जति नाम चलेका अभिनेत्रीहरुलाई चिन्नुहुन्छ त्यसमध्य केहि सलमान खानले नै बलीउडमा भित्राएका हुन् । बलीउडमा जुन अभिनेत्री भित्राएपनि त्यहिँ अभिनेत्रीसँग प्रेम हल्लाको चर्चा चल्दै गर्दा सलमान खानले फेरी एक यूवतीलाई बलीउडमा भित्राउने भएका छन् । सुपरस्टार दिलिपकुमार र सायरा बानोकी नातिनी सायशा स्यागललाई सलमान खानले बलीउडमा डेव्यू गराउने भएका छन् । उनले आउँदै गरेको नयाँ फिल्म 'शिवाय' मा सायशालाई अजय देवगनसँग नायिकाको भूमिकामा ल्याउन लागेका हुन्। केही दिन पहिले सायसा सलमान खानसँग देखिएकी थिइन्। त्यतिबेलै उनको र सलमानको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो।   

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply