'हिफाजत २' को गीत रेकर्डिङ्ग सुरु, रेखा हुन्छिन् की शिल्पा हिरोइन ?
नेपाली चलचित्रका बाघ निर्माता भनेर चिनिने निर्माता छबि आझोले हिफाजतको सिक्वेल स्वरुप 'हिफाजत २' निर्माण गर्न लागेका छन् । अहिले निर्माता ओझा चलचित्रको गीत रेकर्डिङ्गमा व्यस्त रहेका छन् । चलचित्र हिफाजत २ का लागि अर्जुन पोखरेलले संगीत दिइरहेका छन् । यस बर्षबाट छायाँकन आरम्भ गर्ने तयारीका साथ अहिले छबि ओझा गीत रेकर्डिङ्गमा व्यस्त रहेका छन् । केहि बर्ष अगाडी निर्माण भएको चलचित्र हिफाजतमा रेखा थापा, आर्यन सिग्देल र आयुष रिजालको मुख्य भुमिका रहेको थियो भने हिफाजतको सिक्वेलमा कुन कुन कलाकार रहनेछन् त्यो भन्ने हालसम्म पक्का भएको छैन् ।
केहि बर्षदेखी आफ्नो प्रत्येक चलचित्रमा नायिका शिल्पा पोखरेललाई दोहोराइरहेका निर्माता ओझाले चलचित्र हिफाजत २ मा पनि शिल्पा दोहोर्याउँछन् वा दोहोराउँदैनन् त्यो भने भोलीको दिनले बताउँला तर यस चलचित्रका नायिका रेखा थापा भने पक्कै हुनेछैनन् । ओझासँगको बैबाहिक सम्बन्धमै रहँदा रेखा थापाले हिफाजतमा काम गरेकी थिइन तर उनीहरुको बैबाहिक सम्बन्ध टुटेको पनि बर्षौ भइसकेको छ । छबि ओझाले निर्माण गरेको चलचित्र 'किस्मत २' यस बर्ष प्रदर्शनमा आउँदैछ । यस चलचित्रको पहिलो भागमा रेखा थापा र आर्यन सिग्देलले अभिनय गरेका थिए तर 'किस्मत २' मा दुवै कलाकार नभएर ओझाले नायिकामा शिल्पा पोखरेललाई भित्राएका थिए । पछिल्लो समय निर्माता ओझाले आफ्नो प्रत्येक चलचित्रमा नायिका शिल्पालाई भित्राउँदै आएका छन् ।








No comments: