[ ]
Latest News Updates

ADVERTISE WITH US

सलमानकी हिरोइन नगरकोटमा
Tuesday, June 7, 2016 Posted by Unknown

बलीउड अभिनेता सलमान खानले अभिनय गरेको चलचित्र 'जय हो' मा काम गरेकी अभिनेत्री बुर्ना अब्दुल्ला अहिले नेपालमा छिन् । गएको विहिबार अब्दुल्लाले बौद्धस्थित हायात रिजेन्सीको क्यासिनो प्राइडले आयोजना गरेको कार्यक्रममा सहभागि हुन भारतबाट आएकी थिइन । त्यसपछि उनी घुम्नका लागि नगरकोट गएकी छिन् । हाल उनी नगरकोटको सुन्दरतासँग रमाइरहेकी छिन् । नगरकोटको क्लब हिमालयमा बसिरहेकी बुर्ना केहि दिनको नगरकोट बसाईपछि भारत प्रस्तान गर्नेछिन् । ब्राजिलमा जन्मिएकी अभिनेत्री बुर्नाले मुम्बईमा मोडलिङ करियरबाट फिल्म यात्रा सुरु गरेकी हुन्। उनले 'क्यास', 'आई हेट लभ स्टोरी', 'देसी ब्वाईज्', 'ग्रान्डी मस्ती' र 'जय हो' लगायत बलिउड फिल्महरुमा अभिनय गरिसकेकी छिन्। 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply