बाबुरामले हेरेँ 'कालो पोथी'
नयाँ शक्ति अभियानका संयोजक डा.बाबुराम भट्टराईले गएको शुक्रबारबाट काठमाडौंका मल्टिप्लेक्समा प्रदर्शनमा आएको चलचित्र 'कालो पोथी' हेरेका छन् । बुधबार बिहान पुल्चोकस्थित क्युएफएक्स लाबिममा फिल्म हेरेका उनले फिल्ममा सशस्त्र द्वन्द्वलाई सन्तुलित रुपमा प्रस्तुत गरिएको बताए। मीन भाम निर्देशित फिल्ममा प्रकाश र किरण नामका दुई बालक साथीको माध्यमबाट सशस्त्र युद्धलाई देखाइएको छ। मुगुको कथा भन्ने फिल्मले युद्धले समाजमा पारेको प्रभावलाई प्रस्तुत गरेको छ। नेता भट्टराईले फिल्म वस्तुगत र यथार्थपरक भएको जनाए। मल्टिप्लेक्समा राम्रो दर्शक भित्राइरहेको चलचित्र कालो पोथी कमर्सियल फिल्म नभएर कलात्मक फिल्म रहेको चलचित्र हेरिसकेपछि बाबुराम भट्टराईले जानकारी दिए ।








No comments: