[ ]
Latest News Updates

ADVERTISE WITH US

करियर धराप हुन लागेपछि सलमानको साथ खोज्दैछिन् कैटरीना
Thursday, June 16, 2016 Posted by Unknown

बलीउड अभिनेता सलमान खान र बलीउड अभिनेत्री कैटरीना कैफ बिचको प्रेम सम्बन्धले एक समय राम्रै चचा पाएको थियो । सलमान आफैले बलीउडमा ल्याएकी कैटरीना र सलमानको सम्बन्ध अहिले खासै राम्रो नभएको भारतीय मिडियाहरु बताउँछन् । सलमान खानसँगको ब्रेकअपपछि उनी बलीउड अभिनेता रणवीर कपुरसँगको प्रेम सम्बन्धमा थिइन । केहि दिन अघि मात्र रणवीरसँग पनि ब्रेकअपको भएपछि हाल कैटरीना तनाबमा रहेकी छिन् । उनी अहिले विशेषत आफ्नो कामलाई बढि ध्यान दिदैं आइरहेकी छिन् । तर आफुले अभिनय गरेका चलचित्रहरु लगातार असफल हुँदै गएपछि फेरी कैटरीना सलमानको साथ खोजिरहेको भारतीय मिडियाहरुले बताएका छन् । खबरका अनुसार कैटरीना सलमानसँग फेरी एक पटक काम गर्न चाहन्छिन्, जसले गर्दा फेरी उनको करियरले उचाई लियोस् । केहि दिन अगाडी कबिर खानको चलचित्रमा सलमान खान र कैटरीना पक्का भएको खबर पनि बाहिरिएको थियो तर त्यसमा सत्यता भने थिएन । कबिरको चलचित्रमा हालसम्म सलमान खान मात्र पक्का भइसकेका छन् तर नायिकाको टंगो हालसम्म लागिसकेको छैन । प्राप्त खबर अनुसार रणवीर कपुरसँग ब्रेकअप भएपछि हाल कैटरीनाको हातमा चलचित्र छैन । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply