[ ]
Latest News Updates

ADVERTISE WITH US

'धुर्मुस-सुन्तली'लाई सहयोग जुटाउन रेखा कतार जाने
Thursday, June 16, 2016 Posted by Unknown

केहि दिन अगाडी मात्र हास्य कलाकार सिताराम कट्टेल 'धुर्मुस' र कुञ्जना घिमिरे 'सुन्तली' फाउण्डेसनलाई एक लाख सहयोग गरेकी अभिनेत्री रेखा थापाले 'गिरान्चौर एकिकृत नमुना बस्ती निर्माण सहयोगार्थ' कतार जाने भएकी छिन् । ईदको दोस्रो दिन कतारको एशियन टाउनमा हुन लागेको विशेष कार्यक्रममा उनी धुर्मुस सुन्तलीको साथमा त्यहाँ जान लागेकी हुन् । कार्यक्रममा धुर्मुस सुन्तली र रेखाको साथमा लोक गायक राजु गुरुङ्ग, लोक गायिका मुना थापा मगर, भोजपुरी नायिका परिजिका शर्मा, डिआईडीका फष्ट रनरअप निर्मल तामाङ्ग, भोजपुरी नायिका रानी चटर्जी र अर्की भोजपुरी नायिका सीमा सिंह पनि सहभागी हुनेछन् । कार्यक्रममा सहभागी हुन आयोजक संस्थाले प्रति टिकट दर ४०, ६० र १०० कतार मुल्य तय गरेको छ ।

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply