[ ]
Latest News Updates

ADVERTISE WITH US

बारमा यि तिन नायिकाले गर्दैछन् क्याटवाक
Thursday, June 16, 2016 Posted by Unknown

दरबारमार्गस्थित भिक्ट्री लन्ज एण्ड बार स्थापनाको एक वर्ष पूरा भएको अवसरमा असार ४ गते हुन लागेको ‘भिक्टोरियन्स नाइटस्’ नामकको फेसन सोमा अभिनेत्री प्रियंका कार्की, माला लिम्बु र मलिना जोशीले क्याटवाक गर्ने भएका छन् । यि तिन सुन्दरीले क्याटवाकमा उत्रिनु अघि फेसनको शोको शुभारम्भ भने आयुष्मान देसराज जोशी र अर्पणा उपाध्यायले गर्नेछन् । त्यस्तै कार्यक्रममा मोडलहरुले मनिस राई, खुशी भेटवाल र खुस्बु रानाले डिजाइन गरेको पहिरणमा र्याम्पको शो नाप्नेछन् । मोडलहरुको कोरियोग्राफी विपेन माइक गुरुङको रहनेछ भने याशु खड्काले साल्सा नृत्य प्रस्तुत गर्नेछन् । भिक्ट्रीकी कार्यकारी निर्देशक निरु जोशीका अनुसार कार्यक्रममा धर्मेन्द्र सेवानले आफ्ना चर्चित गीत सुनाउनेछन् । बेलुकी ७ बजेबाट सुरु हुने कार्यक्रममा सहभागीले डिजेको संगीतमा पनि झुम्न पाउनेछन् । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply