[ ]
Latest News Updates

ADVERTISE WITH US

ऋचासिंह ठकुरीको चलचित्र 'सुपर गोर्खे' गीतको छायांकन हुँदै
Saturday, June 11, 2016 Posted by Unknown

‘नाईं नभन्नू ल’ र ‘म तिम्रो भैसकें’जस्ता सफल चलचित्रमा अभिनय गरेकी नायिका ऋचासिंह ठकुरीले निर्माण गर्नु भएको चलचित्र  'सुपर गोर्खे'को अहिले गीतको छायांकन भै रहेको छ ।नायिका ठकुरीले बिहे पछि आफ्नै पति गजेन्द्र राज थापाको निर्देशन तथा आफ्नै लगानीमा  'सुपर गोर्खे'चलचित्र निर्माण गरेकी हुन्  ।बिगत लामो समयदेखि अष्ट्रेलिया बस्दै आएका एनआरएन गजेन्द्र राज थापाले अष्ट्रेलियामा नै अभिनय र निर्देशकको कोर्ष गरेका हुन् । गीतको छायांकन लगतै सबै छायांकन सकिने 'सुपर गोर्खे'लाई छिट्टै नेपाल र अष्ट्रेलिया रिलिज गरिने निर्देशक गजेन्द्र राज थापाले बताउनु भयो ।बिराटनगर ,धरान,काठमाण्डौमा छायांकन गरिएको यस चलचित्रको गीतको छायांकन भने पर्यटकीय नगरी सौराहामा गरिएको छ  ।तारा प्रकाश लिम्बुको संगीत तथा लिम्बु र रजिना रिमालको स्वरमा रहेको 'तिमि नै हौ 'बोलको गीतको छायांकन सौराहामा भै रहेको छ ।अहिलेका व्यस्त नूत्य निर्देशक रामजी लामिछानेले नायिका ऋचासिंह ठकुरी तथा नब नायक सचिन केसीलाई नचाएका छन् ।चलचित्रमा ऋचासिंह ठकुरी र सचिन केसीका अलावा निर्देशक  गजेन्द्र राज थापा,सुरज ठकुरी ,जिवन लुईटेलका  भाई निराजन लुईटेल,कामना भुजेल ,भुपेन्द्र क्षेत्री लगायतको अभिनय रहेको छ  ।निर्देशन गजेन्द्रको कथा रहेको यस फिल्ममा  सुपर हिरो हुनका लागि शाहस चाहिन्छ सुपर पावर हैन भन्ने थिममा  कमेडी, एक्सन, लभ तथा रोमान्सले भरिपूर्ण रहने बताईएको छ । चलचित्रमा सौरभ लामाको छायांकन ,चन्द्र पन्तको एक्शन रामजी लामिछाने र कमल राईको नूत्य रहेको छ । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply