[ ]
Latest News Updates

ADVERTISE WITH US

करोड क्लबमा 'गाजलु', लगानी सेभ गर्न अझै केहि दिन लाग्ने
Saturday, June 11, 2016 Posted by Unknown

हिजो शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र 'गाजलु'ले दुई दिनमा करोड प्रवेश गरेको छ । प्रदर्शनमा आएको पहिलो दिन राजधानी भित्र र बाहिर गरि करिब ४४ लाख माथीको व्यापार गरेको गाजलुले शनिबार अर्थात दोस्रो दिन राजधानी र बाहिर गरि करोडमाथीको व्यापार गरेको चलचित्र निर्माता रोहित अधिकारीले जानकारी दिएका छन् । रोहित अधिकारीको कुरालाई आधार मान्ने हो भने चलचित्र गाजलुले दुई दिनमा डेढ करोडमाथीको व्यापार गरेको छ । अनमोल केसी स्टार चलचित्र गाजलुले अबको केहि दिनमा आफ्नो लगानी सुरक्षित गर्दै नाफाको बाटोमा लाग्नेछ । अनमोल केसी, सृष्टि श्रेष्ठ, सलोन बस्नेत, गौरव पहारी, मेनुका प्रधान लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको यो चलचित्रलाई अहिले दर्शकहरुले निकै रुचाएका छन् । विशेषत तन्देरी पुस्ताका दर्शकहरु गाजलु हेर्न हलसम्म गएको देख्न सकिन्छ । यो चलचित्रलाई हेमराज विसीले निर्देशन गरेका हुा् भने रोहित अधिकारीले निर्माण गरेका हुन् । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply