‘रिलेसन’को प्रदर्शनी अमेरिकाबाट सुरु
नेपाली चलचित्र ‘रिलेसन’को प्रदर्शनी अमेरिकाबाट सुरु गरिएको छ । यो चलचित्रको पहिलो प्रदर्शन अमेरिकाको पोर्टल्यान्ड ओरिगनस्थित ‘हलिउड मल्टिपल थिएटर’मा सोमबार बिहान प्रदर्शन गरिएको यसका निर्देशक दीपेन्द्र दाहालले जानकारी गराए । सोमबार सोही हलमा दुईओटा सो प्रदर्शनी गरिएको यो चलचित्रको अरू १० ओटा सो अमेरिकामा प्रदर्शनी गर्न तय भएको पनि निर्देशक दाहालले बताए ।यो चलचित्रमा अमेरिकी कलाकार क्रिस्टिना नुनास, अमेरिका बस्दै आएका नेपाली कलाकार दिवाकर महर्जन, उपेन्द्र तिमिल्सिना, गीता अधिकारी, सुशील पोखरेललगायत रहेका छन् । लोकचन्द्र थापाको छायांकन, रोशन लामिछानेको सम्पादन, जुगल डंगोलको संगीत, गोविन्द प्रभात र गोविन्द राईको नृत्य निर्देशन, कुमार महर्जन र अष्ट महर्जनको द्वन्द्व निर्देशन यो चलचित्रमा रहेको छ । रिलेसनलाई आगामी १० असारबाट नेपालमा प्रदर्शन गर्न लागिएको पनि निर्देशक दाहालले जानकारी गराए ।








No comments: