[ ]
Latest News Updates

ADVERTISE WITH US

सकियो रेखाको 'पलाँस', देखिँदैछिन् अहिलेसम्मकै फरक भुमिकामा
Friday, June 24, 2016 Posted by Unknown

अभिनेत्री रेखा थापा आफ्नो ब्यानर भन्दा बाहिरी ब्यानरमा कमै काम गर्छिन । त्यहि क्रममा उनले चलचित्र पलाँसमा काम गरिन् । हालै मात्र चलचित्र 'पलाँस'को छायाँकन सकिएको छ । कथावस्तुले मन छोएपनि चलचित्रका काम गरेकी रेखा यो चलचित्रमा पलाँसको भुमिकामा देखिँदैछिन् । ३२ दिन लामो छायाँकनपछि सकिएको चलचित्र पलाँसमा रेखाको अलवा कामेश्वर चौरासिया, आयुब केसी लगायतका कलाकारहरुको प्रमुख भुमिका रहेको छ । नारीप्रधान चलचित्रमा काम काम गर्ने रेखा थापाले चलचित्र पलाँसमा आफु अहिलेसम्मकै फरक भुमिकामा देखिन लागेको बताएकी छिन् । खबरका अनुसार रेखा चलचित्रमा कमेडी शैलीमा प्रस्तुत हुँदैछिन् । सुवास कोइरालाले निर्देशन गरेको चलचित्रमा सुसन प्रजापतिको छायांकन, अर्जुन पोख्रेलको संगीत छ । यो चलचित्रलाई कृषा चौलागाइले निर्माण गरेकी हुन् । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply