[ ]
Latest News Updates

ADVERTISE WITH US

रेखालाई जवाफ दिने दिन आउला : निखिल उप्रेती
Friday, June 24, 2016 Posted by Unknown

केहि बर्ष अगाडीसम्म निकै चर्चामा थियो अभिनेता निखिल उप्रेती र अभिनेत्री रेखा थापा बिचको सम्बन्ध । मिडियामा उनीहरुको सम्बन्ध पानीबाराबारको अबस्थामा छ भनेर अनेकौ समाचारहरु प्रकाशन भएँ । त्यही क्रममा निखिलले सञ्चितालाई विवाह गरेर भारत पसेँ । झण्डै ४ बर्ष भारतमा हराएपछि पुन नेपाली चलचित्रक्षेत्रमा उनले कमब्याक गर्ने सुर कसे र चलचित्र भैरव निर्माण गर्ने सोच बनाए । चलचित्र भैरवको एक आइटम डान्सका लागि पुरानो इगोलाई हटाएर निखिलले रेखालाई प्रस्ताब गरेँ । यसको चर्चा पनि नेपाली मिडियामा खुबै भयो । पुरानो इगोलाई भुलेर निखिल रेखालाई भेट्न उनकै निवास पुग्नु साँचिकै एउटा अनौठो चाहिँ थियो । उक्त भेटमा रेखाले आफु भैरवको एक आइटम डान्स गर्ने सोच बनाएको खबरले पनि एक पटक फेरी नेपाली मिडिया ततायो । अनि सुरु भयो चर्चा निखिल र रेखाको दुश्मनी सकियो । तर पछि भैरवको आइटम डान्स रेखाले गरिनन् । कारण के थियो अहिलेसम्म बाहिर आएन । तर हालै एक अनलाइन पत्रिकालाई दिएको अन्तर्वार्तामा निखिलले के कारणले रेखाले उक्त आइटम डान्स गर्न नमानेको स्पष्ट पारेका छन् । पत्रकारले 'रेखा थापासँग इगो थियो । अहिले कस्तो छ ?' भनेर सोधेको प्रश्नको उत्तर दिँदै निखिलले भनेका छन् -'जब म इण्डिया बसेर फर्किएँ, तब यहाँका पुराना इगोहरु सब बिर्सिएर काम गरुँ भन्ने लाग्यो । भैरव फिल्मका लागि एउटा आइटम गानाका लागि मैले रेखालाई अफर गरेँ । ‘हुन्छ’ भनिनँ । पछि उनले गरिनन् । अनि थाहा पाएँ, नगर्नकै लागि पहिला गर्छु भनेकी रहिछन् । ‘निखिल आयो, मलाई घरमै आएर फिल्मको अफर ग¥यो, मैले मानिनँ’ भनेर मिडियाबाजी गर्नका लागि उनले यस्तो हर्कत रचेकी रहिछन् । म झुक्ने कुरामा कहिल्यै पनि लाग्दिनँ । रेखासँग कुनै रिस,द्वेष छैन । मलाई देखाएर मिडियामा प्रपोगण्डाबाजी रच्ने काम भयो, त्यसको पनि जवाफ दिने कुनै दिन आउला ।' निखिलको यो उत्तरले फेरी एक पटक हंगामा खडा गरिदिएको छ । यो अन्तर्वाता पढेपछि सजिलै अनुमान लगाउन सकिन्छ की फेरी रेखा र निखिलको दुश्मनी राम्रैसँग सुरु भएको छ । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply