[ ]
Latest News Updates

ADVERTISE WITH US

'कम्पन' ले हल्लाउला 'गाजलु' लाई ?
Thursday, June 16, 2016 Posted by Unknown

गएको हप्ताको शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र 'गाजलु'सँग लड्न यो हप्ताको शुक्रबार अर्थात आजबाट देशव्यापी प्रदर्शनमा चलचित्र 'कम्पन' आएको छ । राजधानी भित्र १५ र मोफसलमा करिब ३५ बढि हलहरुमा एकसाथ प्रदर्शन भएको चलचित्र 'कम्पन'ले 'गाजलु'लाई हल्लाउन सक्ला वा नसक्ला त्यो भने आजबाट नै थाहा हुन्छ तर अनमोल केसीको स्टार क्रेजको अगाडी कम्पनको झट्का तगडा नहुने चाहिँ पक्का छ । गएको शुक्रबारबाट प्रदर्शनमा आएको पनि चलचित्र 'गाजलु'को व्यापार अहिले पनि उच्च छ । प्रदर्शनमा आएको दोस्रो दिननै करोड क्लबमा प्रवेश गरेको चलचित्र गाजलुले हालसम्म २ करोड माथीको व्यापार गरिसकेको बताइएको छ । खैर यो कुरा छोडौ । आज शुक्रबारबााट देशव्यापी प्रदर्शनमा आएको चलचित्र कम्पन दिनेश पौडेलको निर्देशनमा राजेन्द्र बस्नेतले निर्माण गरेका हुन् । यो चलचित्रमा राजेश ढुंगाना, राजेन्द्र बस्नेत, पुष्कर राउत, अनु पराजुलीलगायतले अभिनय गरेका छन् । अर्नभ बस्नेतको प्रस्तुति रहेको फिल्मको निर्मातामा अञ्चिला बस्नेत, सीताराम तिमिल्सिना र अनिलकुमार बुढाथोकी छन् ।

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply