[ ]
Latest News Updates

ADVERTISE WITH US

राजपाल यादवलाई ६ दिन जेल सजाय
Tuesday, June 7, 2016 Posted by Unknown

बलीउड चलचित्रका चर्चित हाँस्य कलाकार राजपाल यादवलाई १५ जुलाईसम्म तिहाड जेलमा आत्मसमर्पण गर्न दिल्ली उच्च अदालतले निर्देशन दिएको छ। साथै सन् २०१३ को बाँकी ६ दिन जेल सजाय भोग्नसमेत आदेश दिएको छ। सन् २०१० मा यादवले दिल्लीका एक व्यापारीसँग फिल्म बनाउनका लागि पाँच करोड ऋण लिएका थिए। यादवले ऋण पनि नतिरेको उल्टै दुव्र्यवहार गरेको भन्दै ती व्यापारीले उनीविरुद्ध उजुरी दायर गरेका थिए। पछि यादवले यस्तो शपथपत्र तयार पारे, जसमा उनकी श्रीमतीको झुठो हस्ताक्षर भएको र शपथपत्र नै झुठो भएको अदालतले ठहर गरेको थियो । त्यसपछि उनलाई शपथपत्र उल्लंघनको कारवाही भयो। आफ्नो आचरणबारे स्पष्टिकरण दिन पर्याप्त समय दिँदा पनि यादवले बारम्बार झुठ बोलेपछि सन् २०१३ मा उनलाई जेल सजाय तोकियो। यादवको निवेदनका आधारमा अदालतले कारवाही बाँकी रहने सर्तमा चार दिनमै रिहा ग¥यो। सो कारवाही पुरा गर्नका लागि उनी अब ६ दिन जेल बस्नुपर्नेछ।

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply