[ ]
Latest News Updates

ADVERTISE WITH US

'चर्खा' को ईण्डक्ल्याप
Tuesday, June 7, 2016 Posted by Unknown

गैर आबासिय नेपाली संघ बेल्जियमाका शहदेब गौतमले निर्माण गरेको चलचित्र चर्खाको छा“याकन सम्पन्न भएको छ । छाया“कनको चौतिस दिनको दिन  भारतको सिलगुढी पुगेको युनिटले सैतिस सौ दिनको दिन ईण्डक्लप गरेको हो ।
 बर्षको समय भएपनि ईनडोर र आउटडोरका कामहरु मिलाएर चलचित्रले निरन्तर छा“याकन गरेको हो ।  केही दिन अघि चलचित्रको छाया“कनका लागी भन्दै चर्खा युनिट भारत गएको थियो । सिलगुढीमा पन्द्र प्रतिशत छा“याकनगरी सोमबार युनिट नेपाल फर्केको छ । मकवानपुरको रमणिय स्थानहरुमा पचासी प्रतिशत तथा भारतमा पन्द्र प्रतिशत छा“याकन गरी युनिट नेपाल फर्केको हो । चलचित्रलाई सिन्दुर चलचित्रबाट निर्देशनमा डेब्यु गरेका निर्देशक गोबिन्द गौतमले निर्देशन गरेका हुन । गौतमले यसअघि सौभाग्य,स्काउट,बिरासत लगाएतका चलचित्रहरु निर्देशन गरेका थिए । 
महत्वपुर्ण दृश्यहरु कथाकै आधारमा भारतमा छा“याकन गर्नु पर्ने भएकाले भारतमा गएर चलचित्रको छा“याकन सम्पन्न गरेको निर्देशक गौतमले बताएका छन । चलचित्रको केही दिन पछि राजधानीमा औपचारीक कार्यक्रम गर्दै थप जानकारी गराउने निर्माता गणेश भेटवालले बताएकाका छन । चर्खामा दिलिप रायमाझी,जुनु रिजाल, निर्जन थापा,सुशान्त कार्की,सुरबिना कार्की,रजनि केशी लगाएतका कलाकारहरुले अभिनय गरेका छन । यो चलचित्र मार्फत हेटौडाका युवा ब्यबसायीहरु सुनिल अधिकारी,धर्मराज बर्तौला,गणेश भेटवाल,बालकृण खडका,रुपेश केशी चलचित्र क्षेत्रमा लगानीका रुपमा आएका छन । चलचित्रमा सहनिर्देशक अनमोल शर्मा,निर्माण ब्यबस्थापन ईश्वर घिमिरे,सिनेमेटो ग्राफी दिब्य सुबेदी,दन्द निदेशक रोशन श्रेष्ठ,नृत्य कबिराज गहतराज,रामजी लामिछानेको रहेको छ भने चलचित्रमा यादबराज पुरी,सुष्मा श्रेष्ठ,रुपेश केशी,राजेश शाही बालकृष्ण बतौला लगाएतका कलाकारहरुको पनि अभिनय रहेको बताईएको छ । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply