एन्जेलिना अब प्राध्यापन
हलिउड अभिनेत्री एन्जेलिना जोली अब प्राध्यापन बन्ने भएकी छिन् । बेलायतको प्रतिष्ठित लन्डन स्कुल अफ इकोनोमिक्सले उनलाई भिजिटिङ प्रोफेसरको पद अर्पण गर्दै विद्यार्थीलाई लेक्चर दिन गरेको आग्रह जोलीले स्वीकार गरेकी छिन् । आगामी शैक्षिक सत्रबाट लन्डन स्कुल अफ इकोनोमिक्समा हुने स्नातकोत्तरका कक्षाका लागि जोली भिजिटिङ फ्याकल्टी मेम्बरमा नियुक्त भएकी छिन् । उनले अभिनयबारे लेक्चर दिने छैनन् । सो विश्वविद्यालयको कोर्स सेन्टर फर वुमेन, पिस एन्ड सिक्युरिटीले यी तीन विषयमाथि आधारित रहेर लेक्चर दिने गरी उनलाई फ्याकल्टी मेम्बर बनाएको हो ।








No comments: