[ ]
Latest News Updates

ADVERTISE WITH US

'गाजलु' को टुंगियो विवाद
Wednesday, June 8, 2016 Posted by Unknown

'गाजलु' फिल्मले उठाएको विषय र सामवेश गरिएको दृश्यांकन प्रति कुमारी घरको आपत्ति नाममा केहि हप्ता पहिले गसिप बन्यो । त्यो गसिप साम्य भयो, फिल्म टिमले स्पष्टिकरण पनि दियो । तर बुधबार भने यो कुरा पुर्णतः टुङ्गिएको छ । कुमारी घरका पदाधीकारीहरुले फिल्म हेरिसकेपछि 'गाजलु' ले उठाएको कथावस्तुलाई स्वागत गरेका छन् । डिसियन प्रिभ्यू थियटरमा फिल्म हेरिसकेपछि कुमारी घर र कुमारी प्रथाको बारेमा कुनै पनि प्रकारको गलत लाग्ने विषयवस्तु नसमेटिएको र फिल्म पुर्णतः सन्देशमुलक तथा मनोरञ्जनात्मक बनेको उनिहरुले प्रतिक्रिया दिए । कुमारी घरका पदाधिकारीहरुले दिएको प्रतिक्रियाले उत्साहित बनाएको छ, फिल्ममा विवादास्पद कुरा केहि छैन्, 'गाजलु' पुर्ण मनोरञ्जनको खुराक हो, निर्माता रोहित अधिकारीले प्रफुल्लित मुद्रामा भने । पुर्वकुमारीको जीवनकथालाई पर्दामा उतारिएको फिल्म कुमारीप्रथालाई जोडेर बाहिर हल्ला गरेअनुसारको पनि नभएको निर्माता अधिकारीको दाबी छ । हेमराज बिसी निर्देशित फिल्मलाई लिएर दर्शक उत्साहित छन् । शुक्रबार अर्थात जेठ २८ बाट रिलिज हुने 'गाजलु'मा अनमोल केसी, सृष्टि श्रेष्ठ, गौरव पहारी, सलोन बस्नेत, मेनका प्रधान, ऋतिक शाही लगायत अभिनयमा छन् । फिल्मको बिहिबार राजधानीमा भव्य रेड कार्पेट प्रिमियर हुँदैछ ।

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply