[ ]
Latest News Updates

ADVERTISE WITH US

अनमोलको नाम लिएर चल्ला त 'म त तिम्रै हुँ' ?
Thursday, June 16, 2016 Posted by Unknown

अहिले अनमोल केसीको नाम लिएर पानीपुरीसम्म विक्न थालिसकेको छ । एकाएक चार चलचित्रबाट नै सुपरस्टारको छवि बनाएपछि अहिले अनमोललाई लिएर चलचित्रको निर्माण गर्ने निर्माताहरुको संख्या पनि कम छैन । तर श्रावण ७ गतेदेखी देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र 'म त तिम्रै हुँ' युवास्टार अनमोल केसीले नै निर्माण गरेका हुन् । 'होस्टेल'बाट नेपाली चलचित्रक्षेत्रमा नायकको रुपमा डेब्यू गरेका अनमोलले त्यसपछि 'जेरी', 'ड्रिम्स' र 'गाजलु'मा काम गरेँ । एकपछि अर्को गर्दै प्रत्येक चलचित्रले सफलता हासिल गरेपछि अहिले अनमोलको क्रेज नेपालका अन्य सेलिव्रेटीको भन्दा उच्च छ । त्यसैले त केहि दिन अगाडी मात्र अनमोलले त्यहि क्रेजको सदुपयोग गर्दै एक चलचित्रमा २० लाख पारिश्रमिक लिए । त्यहि क्रममा उनले निर्माण गरेको चलचित्र 'म त तिम्रै हुँ' श्रावण ७ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यो चलचित्र खासमा अनमोल केसीकी आमा सुस्मिता केसीले निर्माण गरेकी हुन् त्यसैले सुस्मिताले अनमोल क्रियशन प्रा.ली. को नाम दिँदै चलचित्र 'म त तिम्रै हुँ' निर्माण गरेकी हुन् । यो चलचित्रमा अनमोलले अभिनय गरेका छैनन् तर निर्माणपक्ष चाँडै अनमोललाई चलचित्रको प्रचार प्रसारमा उतार्ने तयारीमा रहेको बुझिएको छ । अनमोल केसी भनेपछि बढि जसो यूवतीहरु मरिहत्ते गर्ने भएका कारणले गर्दा पनि म त तिम्रै हुँ को निर्माण पक्षले त्यस्तै एक फण्डा गर्दैछ जसका कारण चलचित्र हेर्न हलसम्म दर्शकहरुको ताँती लागोस् । हालसम्म 'म त तिम्रै हुँ' चलचित्रको विषयमा मिडियामाझ कुनै पनि विचार व्यक्त नगरेका अनमोल अब भने आमालाई सहयोग गर्दै चलचित्रको प्रचारमा हिँडेछन् । अनमोल चाँडै २० लाख पारिश्रमिक लिएको चलचित्र 'कृ' मा काम गर्ने तयारीमा रहेका छन् । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply