[ ]
Latest News Updates

ADVERTISE WITH US

माइकल ज्याक्सन फेरी तानिए विवादमा तर छैनन् यो दुनियाँमा
Monday, June 27, 2016 Posted by Unknown

विश्वप्रख्यात पपस्टार माइकल ज्याक्सन यो दुनियाँमा छैनन् । तर, अझै पनि अनेक विवादले उनलाई पछ्याउन छाडेका छैनन् । कतिसम्म भने अहिले पनि अनेक विवादमा उनको नाम मुछिएको छ । प्रहरीले पनि आफ्नो अनुसन्धानबाट फेला परेका तथ्यहरू खुलाउँदै गएको छ । सन् २००३ मा प्रहरीले उनको घर नेवरल्यान्ड रन्चमा छापा मारेको थियो । त्यहाँबाट उनले प्रयोग गरेका सामान मात्र होइन, लुकाएर राखिएका अनेक सामग्री पनि प्रहरीले फेला पारेको थियो । त्यतिवेलादेखि नै प्रहरीले यी सामानमाथि अध्ययन सुरु गरेको थियो । त्यसरी छापा मार्दा माइकल ज्याक्सनको कोठाबाट प्रहरीले ‘पोनोग्राफिक’ सामग्री पनि लगेको थियो । केही दिनअघि मात्र प्रहरीले त्यससँग सम्बन्धित एउटा सूची सार्वजनिक गरेको छ । यो सूची सार्वजनिक भएसँगै ज्याक्सनको नाम फेरि चर्चामा छ ।
यो सूचीमा ज्याक्सनको कोठामा भेटिएका अनेकौ किताब र भिडियोहरू छन् । यी किताब र भिडियोबारे यसअघि नै अदालतमा एक युवाले बताएका थिए । ती युवाले ज्याक्सनविरुद्ध उजुरी दिँदै आफूलाई यौन दुव्र्यवहार गरेको आरोप लगाएका थिए । डेलिमेलडटकोडटयुकेमा छापिएको रिपोर्टअनुसार प्रहरीले ज्याक्सनको कोठा र बाथरुमबाट कम्तीमा पनि सातवटा ‘पोर्न’ भिडियो पाएको दाबी गरेको छ । त्यसमा अधिकांश युवाहरूको न्युड फोटो र भिडियो रहेको रिपोर्टले जनाएको छ । यीमध्ये एउटा रिपोर्टचाहिँ यसअघि पनि अदालतमा पेस गरिएको थियो । अदालतमा पेस भएको रिपोर्टमा देखिएका युवाचाहिँ १९औँ शताब्दीका भएको अनुसन्धानबाट खुलेको छ । ज्याक्सनलाई गैविन अरविजो नामका १३ वर्षे क्यान्सरपीडित बालकले यौन शोषण तथा दुव्र्यवहार गरेको आरोप लगाएका थिए । गैविनले प्रहरीमा उजुरी दिएपछि ज्याक्सनको कोठामा प्रहरीले छापा मारेको थियो । तर, १३ जुन २००५ मा अदालतले माइकल ज्याक्सनविरुद्ध नाबालिग तथा बालबालिकालाई यौन दुव्र्यवहार गरेको आरोप खारेज गरिदिएको थियो । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply