पाइरेसीले विदेश प्रदर्शन भद्रगोल बनाएपछि यूटयूबमा आयो 'प्रेम गीत' (भिडियो)
केहि दिन अगाडी पाइरेसीको शिकार भएको गएको सफल चलचित्र 'प्रेम गीत' यूटयूबमा सार्वजनिक भएको छ । पुजा शर्मा र प्रदिप खड्काको मुख्य भुमिका रहेको यो चलचित्रलाई दर्शकहरुले निकै रुचाएका थिए । एकसाथ 'क्लासिक', र 'चलेछ बतास सुस्तरी' सँग प्रदर्शनमा आउँदा आफ्नो लगानी नेपालबाट सुरक्षित गर्न नसकेको चलचित्र प्रेम गीतको विदेश प्रदर्शन केहि दिन अगाडी मात्र सकिएको थियो । अझै केहि देशहरुमा प्रदर्शन गर्ने तयारी गरिरहेको बखत एक्कासी चलचत्र पाइरेसी भएपछि प्रेम गीतको विदेश प्रदर्शन भद्रगोल भएको थियो । यसै बर्ष यसको सिक्वेल अर्थात प्रेम गीत २ बनाउने तयारीमा रहेका सन्तोष सेनले अहिले नयाँ अनुहार खोजिरहेका छन् । चलचित्र प्रेम गीतलाई सुदर्शन थापाले निर्देशन गरेका थिए भने सन्तोष सेनले निर्माण गरेका थिए । तपाईहरुलाई याद दिलायौ की, यहि चलचित्रबाट सुदर्शन र पुजासँग निर्माता सन्तोष सेनको मनमुटाब भएको छ । खबरका अनुसार प्रेम गीत २ मा सुदर्शन र पुजा हुने छैनन् तर प्रदिप भने मुख्य भुमिकामा हुने बताइएको छ ।








No comments: