गरियो 'ओ माई म्यान' को प्रिमियर
छोटो चलचित्र 'ओ माई म्यान' को मंगलबार राजधानीमा रहेको क्यूज सिनेमा हलमा प्रिमियर गरिएको छ । चलचित्रकर्मी, पत्रकारहरुको भव्य उपस्थितीमा चलचित्र ओ माई म्यानको प्रिमियर गरिएको हो । मान्छे भगवानसमक्ष पनि कतिसम्म झुट बोल्न सक्छ भन्ने मनछुने कथा प्रस्तुत गरेको यो छोटो चलचित्रलाई रंग पत्रकार शुशिल पौडेलको लेखेका हुन् । चलचित्रलाई गोपाल चन्द्र लामिछानेले निर्देशन गरेका हुन् । यो चलचित्र २२ मिनेट १९ सेकेण्डको रहेको छ । चलचित्रमा लक्ष्मी गिरी, स्वस्तीका राज भण्डारी ,कुसा ग्रह लगायतका कलाकारहरुको प्रमुख भुमिका रहेको छ । चलचित्र ओ माई म्यान हेरिसकेपछि चलचित्रकर्मी, पत्रकारहरुले निकै रुचाएका थिए । 'ओ माई म्यान' शक्ति बल्लभ घोराशैनी र पुनम गौतमले निर्माण गरेका हुन् ।








No comments: