महंगा हुदैछन् एक्सन डिरेक्टर चन्द्र पन्त
भर्खरै लप्पनछप्पनमा द्धन्द निर्देशन गरेका चन्द्र पन्त हिफाजत २ र हिरो रिटन्स पनि साइन गरिसकेका छन् । पछिल्लो समय उनको व्यस्तता संगै उनी महंगा फाइट डाइरेक्टरको रुपमा पनि चिनिन्छन् । हाल सम्म ४० भन्दा बढि सिनेमामा द्धन्द निर्देशन गरिसकेका पन्तले हालसालै मात्र हलिउड बाट अन्र्तराष्ट्रिय स्तरको द्धन्द निर्देशन संग सम्वन्धित वर्कसपमा सहभागिता जनाएर नेपाल फर्केका छन् । राम्रो फिल्म र व्यानर छानेर मात्र चलचित्र गर्ने बताउने पन्तले काम गरेका अधिकाश चलचित्र नेपाली बक्स अफिसमा सुपरहिट भएका छन् । नेपाली , हिन्दी र भोजपुरी भाषाका चलचित्रमा बराबर सक्रिय द्धन्द निर्देशक चन्द्र पन्त यतिबेला नेपालमा बढि व्यस्त छन् । उनको यो यात्रा द्धन्द निर्देशन बाट निर्देशक तिर अगाडि पनि बढिरहेका छन ् , चाडै नै उनी एक भोजपुरी फिल्मको निर्देशन गर्ने बुझिएको छ । भर्खरै हिफाजत २ साइन गरेका पन्तको बारेमा निर्माता छबिराज ओझाले खुलेरै तारिफ पनि गरे ।








No comments: