महंगो पारिश्रमिकमा फाइनल भईन ‘ए मेरो हजुर २’मा साम्राज्ञी
चलचित्र 'ड्रिम्स'मा काम गरेपछि सर्वाधिक चर्चामा आएकी अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह अभिनेत्री झरना थापाले निर्देशन गर्न लागेको चलचित्र 'ए मेरो हजुर २' का लागि फाइनल भएकी छिन् । शुक्रबार झरना र साम्राज्ञीले सम्झौता पत्रमा हस्ताक्षर समेत गरेका छन् । साम्राज्ञीले यो चलचित्रका लागि ५ लाख पारिश्रमिक मागेको बताइएको छ । आधिकारीक रुपमा चलचित्रका निर्माता सुनिल कुमार थापाले साम्राज्ञीले कति पारिश्रमिकमा चलचित्र खेल्न राजी भइन भन्ने कुरा नखुलाएपनि साम्राज्ञीले ५ लाखकै आसपासमा पारिश्रमिक लिएर चलचित्र खेल्न राजी भएको बुझिएको छ । नाजिर हुसेन र वुद्धी तामाङ यस अघि नै चलचित्रको कलाकारमा फाइनल भइसकेका थिए भने नायिकामा साम्रज्ञी फाइनल भएसँगै अब यो चलचित्रको छायाँकन साउन २० गतेबाट सुरु हुने अभिनेत्री झरना थापाले जानकारी दिइन । पहिलो पटक निर्देशनमा उत्रिन लागेकी झरनाले चलचित्रको कथामा साम्राज्ञी सुहाउने भएका कारण उनलाई लिएको जानकारी दिइन । साम्रज्ञीले 'ए मेरो हजुर २' रिलिज नुहँदासम्म अरु कुनै पनि चलचित्रमा काम नगर्ने सम्झौतासम्म भएको छ । निकै बर्ष अगाडी श्रीकृष्ण श्रेष्ठ र झरना थापालाई लिएर शिव रेग्मीले ‘ए मेरो हजुर’ निर्देशन गरेका थिए । यो चलचितत्र एकसमयको सर्वाधिक सफल चलचित्रको रुपमा हेरिन्छ । निर्माता थापाका अनुसार यो चलचित्रले अहिलेका युवापुस्ताको कथा बोल्नेछ ।








No comments: