[ ]
Latest News Updates

ADVERTISE WITH US

नेपालमा बन्ने भयो “अपरिचित”
Wednesday, June 1, 2016 Posted by Unknown

 तामिलका सुपरस्टार विक्रमले अभिनय गरेको चलचित्र “अपरिचित” लाई दर्शकहरुले निकै रुचाए । त्यस चलचित्रबाट दर्शकहरु मात्र होइन चलचित्रकर्मीहरु पनि प्रभावित भएँ । अब नेपालमा पनि “अपरिचित” नामबाट नयाँ चलचित्र निर्माण हुने भएको छ । वुधबार चाबहिलको गणेश मन्दिरमा चलचित्र अपरिचितको शुभ मुहुर्त गर्दै चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको छ । रुपेश थिङ्गको निर्देशनमा तयार हुने चलचित्र अपरिचितको जावलाखेलका डिएसपी डा. तपन झाले नरिवन फुटाएर मुहुर्त गरेका थिए । जेठ २१ गतेबाट छायाँकन हुने चलचित्र अपरिचितमा प्रज्वल गिरी, सारिका केसी, मोहन विक्रम श्रेष्ठ, ध्रुव कोइराला लगायतका कलाकारहरुको अभिनय रहनेछ । काठमाडौं, सिन्धुपाल्चोक लगायतका स्थानमा छायाँकन हुने यस चलचित्रको लगानी ५० लाखसम्म हुने चलचित्रका निर्माता लाल बहादुर थकालीले जानकारी दिए । जुना फिल्मस प्रा.ली.को पाँचौं प्रस्तुती चलचित्र अपरिचितमा सन्चु थोकरको छायाँकन, नृत्य निर्देशन रामजी लमिछाने, द्धन्द्ध निर्देशन श्री श्रेष्ठ र सह—निर्देशन सुरेश वाइवाको रहनेछ । शुभ मुहुर्त कार्यक्रममा आफ्नो विचार राख्दैं चलचित्रका नायक प्रज्वल गिरीले चलचित्र अपरिचित फरक कथावस्तुमा निर्माण हुन लागेको बताए । उनका अनुसार चलचित्रमा एक्सन, लभस्टोरी लगायत सबै पाटोलाई विशेष प्राथमिकतामा राखिएका छ । आफु प्रत्येक चलचित्रमा फरक भुमिका रुचाउने भएका कारण अपरिचितमा आफ्ना भुमिका विल्कुलै फरक रहेको पनि जानकारी दिए । त्यस्तै चलचित्रका निर्देशक रुपेश थिङ्गले चलचित्र अपरिचित कुनै पनि चलचित्रबाट प्रभावित नभएको दाबी गरे । उनका अनुसार चलचित्र अपरिचितमा नेपाली परिभेषको कथा समाबेश छ ।   

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply