[ ]
Latest News Updates

ADVERTISE WITH US

समिक्षा : 'कालो पोथी' मा मुगुको मनछुने कथा
Wednesday, June 1, 2016 Posted by Unknown

चलचित्र 'कालो पोथी', नामै सुन्दैं केहि अनौठो लाग्न सक्छ । त्यसैले पनि बजारमा कस्ता कस्ता नाम भएका चलचित्र बन्न थाले भन्नेहरुको जमातमा चलचित्र कालो पोथी एउटा उदारहण बनेर आएको छ । मानिसहरुले नामलाई जसरी हेरेपनि चलचित्र कालो पोथीको कथावस्तुले जो कोहिँलाई राम्रैसँग भक्काउन सफल भएको छ । जेठ २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र कालो पोथीको बारेमा चलचित्र हेरेपछि 'फिल्मी अपडेट डटकम' का सह-सम्पादक मनिष दाहालले गर्नुभएको समिक्षा :- 

सुरुवात
चलचित्र कालो पोथीको सुरुवात मुगुको एक गाँउबाट गरिएको छ, जुन हेर्दै सुन्दर र आनन्द लाग्न सक्छ । चलचित्रको सुरुवात देखिनै मुगुमा बोलिने भाषा प्रयोग गरिएको छ भने कतै कतै हामीले बोल्दै आएको नेपाली भाषा पनि प्रयोग गरिएको छ । मुगु भाषा नबुझ्नेहरुका लागि निर्माणपक्षले नेपाली सवटाइटलको पनि प्रयोग गरेको छ । दुई बाल कलाकार खड्काराज नेपाली र सुकराज रोकायाले चलचित्र पुरै हाँकेका छन् भन्दा फरक पर्दैन् । 

मध्यम
चलचित्रका दुई पात्र खड्काराज नेपाली र सुकराज रोकायाले एउटा पोथीको पछि लाग्दै गर्दा पाएका विभिन्न दुखहरु चलचित्रमा देखाइएको छ । खड्काराज नेपाली गरिब परिवारका छोरा हुन्छन् भने सुकराज रोकाया धनी परिवारका छोरा हुन्छन् । आमाले मर्नु अघि चिनो स्वरुप दिएको एउटा पोथी कुखुरालाई खड्काराजले निकै माया गरि हुर्काएका हुन्छन् । तर उक्त कुखुरा उनको बुबाले मद्यिरा पदार्थ सेवन गर्नका लागि बेचेपछि खड्काराज त्यहिँ पोथी कुखुरा खोज्दैं हिड्छन् । उनलाई निकै मिल्ने साथी सुकराजले पोथी कुखुरा खोज्न मद्दत गर्छन । खड्काराजका बुबाले उक्त पोथी कुखुरा ६ सयमा बेचेका हुन्छन् र त्यो कुखुरा किन्ने मान्छेले ६ सय पाएँ उक्त पोथी कुखुरा दिने बताउँछन् र त्यो रकम जुटाउन उनीहरुले विभिन्न राम्रा र नराम्रा हर्कतहरु गर्नेछन् । चलचित्रमा नायिका बेनिसा हमाल एक ग्रामिण शिक्षिकाको रुपमा देखिएकी छिन् । 

अन्त्य
चलचित्रको अन्त्य केहि रोचक लाग्दो छ । जुन व्यक्तिले कुखुरा किनेका थिए त्यो व्यक्तिले आफ्नो छोरीका लागि भन्दै कुखुरा पठाएका हुन्छन् । त्यो ठाँउ निकै टाढा हुन्छ तर पोथी कुखुराको लागि भनेर उनीहरु त्यो ठाँउमा सुकराजको घोडा लिएर जान्छन् । त्यो ठाउँ जाँदै गर्दा उनीहरु बिच बाटोमा पुगेपछि विर्सन्छन् । त्यहि बेला माओवादीको नेपाली सेनासँग दोहोरो लडाई हुन्छ् । बल्ल बल्ल ज्यान बचाएर उनीहरु पोथी कुखुरा भएको ठाउँमा पुग्छन् । तर पोथी कुखुराले बच्चा बनाइसकेको हुन्छ । खड्काराजले आफुले हुर्काएको पोथीले बच्चा जन्माएको देखेर खुसी त हुन्छन् तर ति बच्चा आमासँगै नै हुनु राम्रो हो भन्दैं उनले पोथीको प्वाँख उखाल्छन् र लिएर जान्छन् । त्यो पलले एकपटक सबैको मन रुवाउँन सफल भएको छ । चलचित्रले १० बर्षे माओवादी जनयुद्धका पिडा र मुगुको यर्थाथ कथालाई देखाउन खोजेको छ । चलचित्रमा खड्काराज नेपाली र सुकराज रोकायाले सबैका मन चोर्न सफल भएका छन् । यो चलचित्रले विदेशका २३ वटा चलचित्र फेस्टिभलमा सहभागी भएको तथा भेनिष चलचित्र फेस्टिभलमा वेष्ट चलचित्रको अवार्ड जितेको छ । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply