[ ]
Latest News Updates

ADVERTISE WITH US

'ड्रिम्स' पाइरेसी गर्ने प्रहरी नियन्त्रणमा, विदेश प्रदर्शन लथालिङ्ग
Thursday, June 2, 2016 Posted by Unknown

युवास्टार अनमोल केसीले अभिनय गरेको चलचित्र 'ड्रिम्स' पाइरेसी भएको खबर केहि दिनदेखी नेपाली मिडियाहरुमा छ्यापछ्याप्ती भएका छन् । ५ करोड भन्दा बढि नाफा कमाएको चलचित्र ड्रिम्स एक्कासी पाइरेसी भएको खबर पाएपछि लण्डन प्रदर्शनमा रहेका चलचित्रका निर्देशक र निर्माता भुवन केसी र नायक अनमोल केसी एक्कासी नेपाल आएँ । अनमोलले आफ्नो नयाँ चलचित्र 'गाजलु' को प्रिमियर समेत छोडेर नेपाल आउनु पर्यो । केहि दिनदेखी युट्युव र पेन्ड्राइभमा चलचित्र ड्रिम्स छ्यापछ्याप्ती पाउन थालेपछि निर्माता भुवन केसीले १ करोड क्षतीपूर्तीको माग गर्दै प्रहरीमा उजुरी दिए । उनले प्रहरीमा उजुरी दिएको केहि दिन नवित्दैं चलचित्र ड्रिम्स पाइरेसी गर्नेलाई बिहिबार महानागरिय प्रहरी अपराध महाशाखाले विधान गुरुङ र चन्द्र नागजु नाम गरेका २ व्यक्तिलाई पक्राउ गरेको छ । जसमध्ये विधान हाइलाइट्स नेपालमै काम गर्ने कर्मचारी हुन् । 
चलचित्र रिलिज भएको एक बर्षपछि युुटुबमा राख्ने संझौता भएको भूवनले बताए । पाइरेसीबाट बच्नका लागि भन्दै भूवनले मास्टर कपी नै हाइलाइट्सलाई दिएका थिए । तर, सोही कम्पनीबाटै चलचित्र पाइरेसी भएको छ । फिल्मी अपडेटलाई प्राप्त खबर अनुसार हाइलाइट्स नेपालले गल्ती स्विकार गर्दै क्षतीपूर्ती  दिन तयार भइसकेको छ । हाइलाइट्सका कर्मचारी र कप्यूटर सहित अर्का एक व्यक्तिलाई पक्राउ गरि महाशाखामा अनुसन्धानका लागि राखिएको छ । भूवनले चलचित्र विकास बोर्ड अध्यक्ष, चलचित्र कलाकार संघका अध्यक्ष, एसएसपी सवेन्द्र खनाल र  उनको टिमलाई धन्यवाद दिएका छन् । चलचित्र ड्रिम्स पाइरेसी भइसकेपछि विदेशका विभिन्न ठाँउहरुमा प्रदर्शन हुने भनिएको पनि स्थगित हुने सम्भावना बढेको छ । दर्शकहरुले घर घरमै चलचित्र ड्रिम्स पाइसकेकाले अबको विदेश प्रदर्शन रोकिने सम्भावना बढेको छ । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply